काठमाडौं । अचार विभिन्न फल तथा तरकारीबाट बनाउने गरिन्छ । त्यस मध्ये लप्सीको अचार निकै स्वादिष्ट हुन्छ । लप्सीको अचारमा गुलियो र अमिलो स्वाद संगसंगै हुने हुनाले यो विशेष अचार बन्छ । लप्सीको अचार दैनिक उपभोगलाई मात्र नभएर ठूला भोजहरुमा पनि बनाउने गरिन्छ । लप्सीको अचारलाई बोतलमा राखेर लामो समयसम्म खान सकिन्छ ।

आवश्यक सामग्री

लप्सी, चिनी

जिरा धनियाँको पाउडर, रातो धुलो खुर्सानी, सौफ, नुन, बेसार, हिङ

विधि

सबैभन्दा पहिले सौफलाई राम्रोसंग पिस्नुपर्छ ।

एउटा भाँडोमा लप्सी राख्ने र त्यसमा पानी राखेर उसिन्ने ।

लप्सी उसिनीसकेपछि त्यसको बोक्रा फाल्नुपर्छ ।

अब एउटा भाँडोमा चिनी पानी राखेर चास्नी बनाउनुपर्छ ।

चास्नीमा हिङ, जिरा धनियाँको पाउडर, नुन, बेसार, धुलो खुर्सानी राख्ने ।

त्यसपछि त्यसमा लप्सी राख्ने ।

अब अघि पिसेको सौफ राख्नुपर्छ ।

त्यसपछि त्यसलाई केही छिन ठूलो आगोमा पकाउनुपर्छ ।

हल्का रातो हुन्जेल पकाउनुपर्छ ।

पाकिसकेपछि सेलाउन राख्ने र सेलाइसकेपछि मात्र बोतलमा राख्नुपर्छ ।

 

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments

comments