मेलबर्न । अष्ट्रेलियाले दिने भिसाहरुमध्ये डिपेन्टेन्ड भिसा पनि एउटा हो । डिपेन्टेन्ट भिसामा अष्ट्रेलिया आउनेहरुले यहाँको कानूनी दायराभित्र रहेर काम गर्न र अन्य वैधानिक जुनसुकै काम गर्न सक्छन् । तर अझै पनि धेरैजना नेपालीमा डिपेन्टेन्ड भिसाबारे केही प्रश्नहरु रहेको पाउँछौं । त्यसैले हिमालयन कङ्गारुले यसपटक डिपेन्टेन्ड भिसाको सम्बन्धमा सामान्य लाग्ने तर बुझ्नैपर्ने केही प्रश्नहरुका जवाफ प्रस्तुत गर्दैछौं ।

प्रश्न : अष्ट्रेलियाको डिपेन्टेन्ड भिसामा आवेदन दिइसकेपछि सामान्यतय प्रोसेसिङ गर्न कति समय लाग्छ ?

उत्तर : यति नै समय लाग्छ भन्ने छैन । किनभने तपाईको साथी वा आफन्तको कुन भिसा हो,त्यसमा भर पर्दछ । यस्तै तपाईले आफ्नो डकुमेन्टस् कसरी तयार पार्नुभएको छ,त्यसले पनि फरक पार्दछ । जति तपाईले बलियो र विश्वसनीय डकुमेन्टस् पेश गर्न सक्नुभयो,उति नै छिटो भिसा प्रोसेसिङ हुन्छ ।

प्रश्न : डिपेन्टेन्ड भिसामा अष्ट्रेलिया आएपछि मैले कस्तो काम गर्न सक्छु ?

उत्तर :  यो अक्सर धेरैले सोध्ने प्रश्न हो । डिपेन्टेन्ड भिसामा अष्ट्रेलिया आउनेले यो काम गर्न पाउने र यो गर्न नपाउने भन्ने छैन । कानूनले

वैधानिक भनेका सबै कामहरु गर्न सक्नेछन् । तर हप्तामा २० घण्टा भन्दा बढी गर्न भने नपाउने अद्यागमन कानूनी व्यवस्था छ ।

प्रश्न : मसँग अष्ट्रेलियाको वर्किङ भिसा छ । के मेरो साथीले पनि फुल टाइम काम गर्न पाउँछ ?

उत्तर  : यो तपाईको साथीको भिसाको शर्त र प्रकारमा भर पर्छ । किनभने फरक फरक वर्किङ भिसाको फरक फरक शर्त र व्यवस्थाहरु छन् । हरेक भिसामा अष्ट्रेलिया सरकार गम्भीर छ । त्यसैले शर्त र व्यवस्था भन्दा बाहिर गएर कुनै काम गर्नु हुँदैन । यस्तो अवस्थामा तपाईले साथीको भिसाबारे पूर्ण जानकारी खुलाएर अद्यामगन कानूनका विज्ञहरुसँग परामर्श गर्नु उत्तम हुन्छ ।

प्रश्न : मसँग डिपेन्टेन्ड भिसा छ । के मैले मेरी श्रीमती भन्दा पहिले काम गर्न सक्छु ?

उत्तर : यसमा पनि तपाईको कुन भिसा हो भन्ने कुरा गहन रहन्छ । त्यसो त तपाईले श्रीमतीको डिपेन्टेन्डको रुपमा भिसा पाउनु भएपनि को पहिले अष्ट्रेलिया जाने र काम गर्ने भन्ने कुनै बन्देज छैन । भिसामा तोकिदिएको इन्ट्री डेटको अन्तिम मितिसम्म अष्ट्रेलिया प्रवेश गर्न पाउँनुहुनेछ । त्यसैले सबैभन्दा पहिले आफ्नो भिसा ग्रान्ट लेटर पढ्नुहोला । किनभने त्यसमा तपाईले पालना गर्नुपर्ने शर्तनामाहरु उल्लेख गरिएको हुन्छ । यदि त्यसमा कुनै बन्देज शर्तनामा छैन भने डिपेन्टेन्ड भिसा भए पनि तपाई श्रीमती भन्दा पहिले अष्ट्रेलिया आउँन सक्नुहुन्छ । साथै कानूनी व्यवस्था अनुरुपको काम पनि निर्धक्क गर्न सक्नुहुन्छ ।

–हिमालयन करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments