काठमाडौं । ‘नेपालमा सियो पनि बन्दैन’ भनी निराश हुनेहरुका लागि यो समाचार प्रेरणादायी बन्न सक्छ । किनभने एउटा घडीको १६ लाख मूल्य पर्ने घडी नेपालमै बन्ने गर्दछ ।

‘कोबोल्ड’ नामक ब्रान्डको घडीको कम्पनी नेपालको बबरमहलमा छ जसको निर्देशक रजनी नकर्मी छिन् । यो घडी नेपालीले भन्दा पनि पर्यटकहरुले बढी रुचाउँछन् ।

यो घडीको मुख्य कम्पनी भने अमेरिकामा रहेको छ । सन् २००८ मा कोबोल्ड कम्पनी, अमेरिकाका संस्थापक माइकल कोबोल्ड आफ्नी श्रीमतिका साथमा सगरमाथा आरोहणका लागि आएका थिए ।

सगरमाथा आरोहणका क्रममा उनकी श्रीमतीलाई गुन लगाएका गाइड नाम्गेल शेर्पा र ल्हाक्पा थुन्डु शेर्पाका लागि उनले कोबोल्ड कम्पनी नेपालमा खोलिदिएका हुन् ।

कोबोल्डका घडी हातैले बनाइन्छन् । यो कम्पनी तीन करोड रुपैयाँमा खोलिएको हो । यो घडी बनाउनका लागि कम्पनीको केन्द्रीय कार्यालय अमेरिकाबाटै प्राविधिकहरु आउने गर्दछन् ।

Comments

comments