काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेटर डानिस कनेरियाले स्पट फिक्सिङमा संलग्न भएको स्वीकार गरेका छन् ।

६ वर्षदेखि स्पट फिक्सिङको आरोप अस्वीकार गर्दै आएका ३७ वर्षीय केनेरियाले स्पट फिक्सिङका कारण आफूले सबै कुरा गुमाएको प्रतिक्रिया दिएका छन् । कनेरियाले अल जजिरासँग कुरा गर्दै फिक्सिङ प्रकरणपछि आफूले साथीभाइ र समर्थकको सम्मान गुमाएको बताए ।
कनेरियाले एसेक्स टिमका अर्का खेलाडी मेर्भिन वेस्टफिल्डसँग पनि माफी मागेका छन् । मेर्भिन पनि स्पट फिक्सिङको अभियोगमा चार महिना जेल गएका थिए । उनलाई कनेरियाले स्पट फिक्सिङ गर्न उक्साएका थिए ।

कनेरियाको सल्लाहमा मेर्भिनले सन् २००९ मा भएको डुरह्यामविरुद्धको एक दिवशीय खेलको एउटा ओभरमा १२ रन दिएका थिए ।

लेग स्पिनर कनेरियालाई इंग्ल्याण्ड र वेल्समा क्रिकेट खेल्नबाट आजिवन प्रतिबन्ध लगाइएको छ ।

Comments

comments