मेलबर्न । अष्ट्रेलिया अप्रवासीहरुकालागि सबैभन्दा बढी अवसर प्रदान गर्ने मुलुकमा पर्दछ । हरेक वर्ष १ लाख ९० बजार अप्रवासीहरुले यहाँको स्थायी बसोबासको अनुमति पाउने गरेका छन् । त्यसमध्ये झण्डै ७० प्रतिशत स्थान दक्ष अप्रवासीहरुकालागि छुट्याइन्छ,जसले अष्ट्रेलियन अर्थतन्त्रको आवश्यकता पूरा गर्न सक्छन् । हरेक वर्ष अष्ट्रेलियामा माग र आवश्यकता बमोजिम १ लाख २८ हजार भन्दा बढी अप्रवासीहरुलाई स्थायी भिसा दिइदै आएको छ ।

यस वर्ष अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको सूची अनुसार नर्स,इलेक्ट्रिसियन,मावि शिक्षक,गाडी मिस्त्री,मेटल फिट गर्ने र सिकर्मीहरुको सबैभन्दा बढी माग रहेको छ ।

आर्थिक वर्ष २०१८–१९ कालागि अष्ट्रेलिया सरकारले ४३ हजार ९९० जना रजिष्टर्ड नर्सहरुको आवश्यकता पर्ने प्रक्षेपण गरेको छ । जसमध्ये १७ हजार ३०० जना रजिष्टर्ड नर्सहरुकालागि आरक्षण सुरक्षित गरेको छ । अर्थात आरक्षण सुरक्षित गरेका नर्सहरुले कुनै राज्य,निकाय वा रोजगारदाताहरुको सिफारिस विना नै यहाँको स्थायी भिसा पाउन सक्छन् । सबक्लास १८९ अन्तर्गत पर्ने यस्तो भिसा पाएकाहरुले अष्ट्रेलियाको जुनसुकै स्थानमा बस्न र काम गर्न पाउछन् ।

अष्ट्रेलियाको स्थायी भिसा पाउने ६ कामहरु

यो वर्ष अष्ट्रेलियाकालागि १७ हजार ३२२ जना रजिष्टार्ड नर्सहरु आवश्यक पर्ने अद्यागमन विभागको योजना छ । तर सेप्टेम्वरसम्ममा गृह मामिला विभागले नगण्य संख्याका व्यक्तिहरुलाई मात्र यो भिसाकालागि आह्वान गरेको छ । यसको अर्थ हो यो वर्ष अप्रवासी रजिष्टार्ड नर्सहरुले अष्ट्रेलियाको स्थायी भिसा सजिलै प्राप्त गर्न सक्नेछन् । त्यसैगरी यो वर्षकालागि ९ हजार ३०३ इलेक्ट्रीसियन, ८ हजार ४८० मावि शिक्षक,८ हजार ३७२ जना सिकर्मीहरु,६ हजार ९७९ जना मेटल फिट गर्नेहरु र ६ हजार ९९ जना मोटर मिस्त्रीहरु आवश्यक पर्ने जनाएको छ ।

सेप्टेम्वरको अन्त्यसम्ममा यी पेशाहरुमा अत्यन्त थोरैले मात्र भिसा लिएका छन् । त्यसैले यहाँको गृह मामिला विभागले योग्य र उल्लेखित पेशामा दक्ष व्यक्तिहरुलाई भिसा आवेदन दिन अपिल गरेको छ । अष्ट्रेलियाका केही राज्य र क्षेत्रमा दक्ष जनशक्तिको चर्को अभाव रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments