केक टु नेपालबाट कोसेली पठाउनुहोस्

काठमाडौं । नेपालमा पछिल्लो समय अष्ट्रिजको मासु लोकप्रिय बन्दै गएको छ ।

कोलेष्ट्रोल, ट्राइग्लिस्राइड भएका बिरामीलाई चिकित्सकहरुले रातो मासु नखान सल्लाह दिन्छन्। त्यस्ता बिरामीका लागि खसीबोका तथा च्याङ्ग्राको मासु घातक हुन्छ।

त्यसकारण रातो मासुको सामान्य बिकल्प बनेको छ अष्ट्रिच मासु। नेपालमा पनि यसको व्यवसायिक उत्पादन सुरु भएको केही वर्ष भइसकेको छ।अष्ट्रिजको मासु नेपालका लिडिङ सुपरमार्केटहरुमा सजिलै उपलब्ध छ । अष्ट्रेलिया वा विदेशमा बस्नुहुनेहरुले तपाईको आफन्तकालागि यो दशैंमा अष्ट्रिचको मासु कोसेली पठाउन चाहनुहुन्छ भने केक टु नेपालबाट पठाउन सक्नुहुनेछ ।

यदि तपाई पनि यो दशैंमा अष्ट्रिचको मासु खाने सोच्नुभएको छ भने यसका स्वादिष्ट परिकारहरुमध्ये ग्रेभी बनाउने तरिका यहाँ प्रस्तुत गरेकाछौं ।

चाहिने सामग्रीहरू :

टुक्रा पारिएको अष्ट्रिच मासु,सुर्यमुखीको तेल,प्याज,गरम मसला,अदुवा लसुनको पेष्ट,गोलभेडा,बेसार, नुन,करीपाउडर,जिराको धुलो, हरियो धनियाँ।

तरिका

‘प्यान’ वा कराईमा ठीक्क मात्रामा तेल राखेर तताउने। टुक्रा पारेको प्याजलाई हल्का खैरो हुन्जेलसम्म तेलमा तताएपछि मासु राख्नुहोस्।

प्याज र मासुलाई राम्ररी चलाएर मासुको परिमाण अनुसार ५ मिनेटसम्म भुट्नुहोस्। त्यसमा अदुवा र लसुनको पेष्टलाई राखेर थप २ मिनेट पकाउने। त्यसपछि बेसार,करी पाउडर,जिरा र खुर्सानीको धुलो राख्ने। त्यसलगत्तै पिस बनाएको गोलभेडा पनि राख्नुहोस्।

आवश्यकता अनुसार तातो पानी, स्वादअनुसारको नुन राखेर उमालेपछि प्रेसर कुकरमा राखी २/४ सिठ्ठी लागाउनुहोस्। यसपछि अष्ट्रिच ‘ग्रेभी’ तयार हुन्छ। त्यसमा हरियो धनिया राखेर स्वाद अझै बढाउन पनि सकिन्छ।

Comments