मेलबर्न । अष्ट्रेलियाको एडिलेडमा नेपाली महिला क्रिकेट टिम निर्माण भएको छ ।

एडिलेड नेप्लिज क्रिकेट एसोसिएशन (एन्का)ले नेपाली महिला खेलाडीहरुलाई लक्षित गरी एन्का सनसाईन नामक क्रिकेट टिमको घोषण गरेको हो । टिम घोषणा कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाकी प्रीमियर अफिसकी सहायक मन्त्री जिङ लीले खेलाडीलाई ह्याट दिएर टिमको औपचारिक सुरुवात गरेकी थिइन् । कार्यक्रममा एन्काका सभापति बिजय जोशी, दीपक क्षेत्री, सन्तोष अधिकारी लगायतले क्लब र यसले गरेका कामका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी हुन साउथ अष्ट्रेलिया क्रिकेट एशोसिएसनका प्रतिनिधि म्याट लूकस र ऑलिवर ग्राहम तथा साउथ अष्ट्रेलिया रेड व्याक्स प्लेयर निक विंटर र ऐलेक्स रॉक्स बिग बासको ट्रफीसहित उपस्थित थिए । एन्काले विगत केही वर्षदेखि बालबालिकाहरुलाई लक्षित गर्दै वुलवर्थस् ब्लास्ट क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। कार्यक्रममा एन्काको बार्षिक कार्यतालिका समेत सार्वजनिक गरिएको थियो ।

यसअघि मेलबर्नमा पनि नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले नेपाली महिला क्रिकेटरहरुको छुट्टै टोली निर्माण गरिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments