मेलबर्न । तामाङ सोसाईटी अफ भिक्टोरियाको अध्यक्षमा पेमा दोर्जे बम्जन चयन हुनुभएको छ ।

सोसाइटीको हालैसम्पन्न वार्षिक साधाणसभाबाट बम्जनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । साधाणसभाले उपाध्यक्षमा अनिष तामाङ,सचिवमा मोनिका तामाङ, सहसचिवमा शान्ति थोकर, कोषाध्यक्षमा यन्त तामाङलाई चयन गरेको छ । यस्तै कार्यसमिति सदस्यहरुमा सन्स पाख्रिन, मदन तामाङ, विनोद लामा र दावा लामा, चित तामाङ, साजन तामाङ, निर्मला पिंकी लामा, विशाल तामाङ चयन हुनुभएको छ ।

वार्षिक साधारणसभामा निवर्तमान अध्यक्ष एवं सचिव क्रमश बम योञ्जन र बबी लामालाई बिदाई गरिएको थियो । नयाँ कार्यसमितिले पब्लिक रिलेसन अफिसरमा हेमन्ता लामा र राज बम्जनलाई छानेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments