काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले यस वर्षको दशैं पनि बोटे र माझी समुदायसंग मनाउने भएका छन् । नेता भण्डारीले विगतका वर्षमा जस्तै गुल्मी जिल्लाका विभिन्न स्थानमा रहेका बोटे माझी अल्पसंख्यक समुदायहरुसँगै दशै मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिने भएका हुन् ।

आफूभन्दा कम भाग्यमानीलाई सहयोग र सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउंदै भण्डारीले समाज परिवर्तनको लागि हरेक व्यक्तिले आफ्नो स्थानबाट सक्दो प्रयास गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँछन् । आफ्नो यही मान्यता अनुरुप उनले माझी र बोटे बस्तीमा गएर टिका लगाइदिने, दक्षिणा तथा उपहार दिने र ६ वटा विद्यालयका विद्यार्थीहरुको लागि उपहार स्वरुप शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नेछन् ।

चन्द्र भण्डारीका अनुसार, गुल्मी जिल्लाका बम्घा, चोरकाटे, हुंगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट, रुरु लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुको उपहार स्वरुप घर निर्माणको कार्य समेत थालनी गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments