काठमाडौं । सुर्खेत जिल्लाको बाबियाचौर बजार नजिकै टिनको पाताले छाएका दुई वटा कच्ची भवन छन् । चौरमा एउटा प्रतीक्षालय छ र वरिपरी रंगविरंगी धजाहरू । त्यही कच्ची भवनको अगाडि लस्करै सुकाइएका केही थान कपडा देख्न सकिन्छ । झट्ट हेर्दा कुनै कटेज हो वा कसैको घर भन्ने छुट्याउन गाह्रो हुन्छ । तर, यो कसैको घर वा कटेज नभई गुरुकुल शिक्षा अध्ययन हुने एउटा विद्यालय हो ।

यो विद्यालय हरेक वर्ष दुई पाथी अर्थात १६ माना खाद्यान्न उठाएर चलेको छ । आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षा लोप हुँदै गइरहेका बेला सुर्खेतमा भने खाद्यान्न उठाएर गुरुकुल सञ्चालनमा छ ।

पञ्चपुरी नगरपालिकास्थित शिवधाम मन्दिर व्यवस्थापन समितिले गाउँमा खाद्यान्न उठाएर विद्यालय सञ्चालन गरेको हो । समितिले विद्यालय सञ्चालनका लागि प्रतिबाली १र१ पाथी खाद्यान्न संकलन गर्ने गरेको छ । नगरपालिकाका पाँच वडामा रहेका प्रत्येक घरबाट अन्नबाली संकलन गरेर गुरुकुल विद्यालय सञ्चालन गरिएको हो ।

सरकारले दिने अनुदान रकमबाट मात्रै विद्यालय सञ्चालन गर्न कठिनाइ भएपछि बालीघरे प्रथा अवलम्बन गरिएको हो । शिवधाम मन्दिर व्यवस्थापन समितिले ०६३ सालमा गठन गरेको गुरुकुल विद्यालय तदर्थ समितिले झण्डै एक दशक लगाएर ८ वैशाख ०७२ देखि विद्यालयको व्यवस्थापन गरिरहेको छ ।

गुरुकुल सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले ०७३ सालमा अनुमति दिएको थियो । दुई कक्षासम्म सञ्चालन गर्ने अनुमतिप्राप्त विद्यालयमा हाल कक्षा चार कक्षासम्म अध्ययनरअध्यापन हुँदै आएको छ ।

ुशैक्षिक सत्र शुरु हुनासाथ प्रत्येक वैशाखमा भर्ना लिइन्छ । विद्यार्थीलाई धर्मकर्म गर्दा आवश्यक पर्ने गम्छा, धोतीदेखि गाँस, बाससहितको सबै सुविधा छ,ु प्रधानाध्यापक वासुदेव शर्मा भन्छन् । उनका अनुसार छात्रहरूका लागि ६ महिनामा प्रतिपरिवार १र१ पाथी बाली उठाउने गरिएको छ ।

मन्दिरमा आउने भक्तजनबाट उठ्ने भेटी, मन्दिरमा चढाइने चामल र पिठोसमेत विद्यालयले लिने गरेको उनले जानकारी दिए । त्यसका लागि पञ्चपुरी नगरपालिका वडा नम्बर ३, ५, ६, ८ र ९ बाट खाद्यान्न संकलन गरिन्छ । यसरी संकलन गरिएको अन्नबालीबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ ।

विद्यालयमा गुरुकुल नेपाली र गुरुकुल सामाजिक सहित ६ विषय अध्यापन हुन्छन् । बिहान आठदेखि नौ बजेसम्म वेद, पुराण, गीतालगायत धर्मग्रन्थहरू पढाइ हुन्छन् । विद्यालयमा हाल १८ छात्र छन् ।

Comments

comments