मेलबर्न । अष्ट्रेलियामा लालोर हिरो अवार्डद्वारा नेपाली मुलका महेश भण्डारी सम्मानित भएका छन् । भण्डारीले लालोर क्षेत्रमा सामाजिक कामको लागि खेलेको भूमिकाको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो ।

वेईरवीस्थित ईटालियन स्पोर्टस क्लबमा आयोजित एक विशेष कार्यक्रममा पार्लियामेन्ट सदस्य तथा लेबर नेतृ जोयन रायनले अवार्ड प्रदान गरेकी थिइन् । उक्त कार्यक्रममा भण्डारी सहित करिब तीस जनाले अवार्ड प्राप्त गरेका थिए ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्दै आएका महेश भण्डारी यहाँको स्थानीय राजनीतिमा सक्रिय छन् । उनी अष्ट्रेलियन लेबर पार्टीको टार्नेट शाखाका अध्यक्ष समेत हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments