भारत । भारतको मुम्बईमा २० बर्षकी मोडलको हत्या भएको छ । सामाजिक सञ्जालबाट साथी बनेको एक पुरुषलाई हत्याको आरोप लागेको छ । हत्याराले मोडललाई घरमा बोलाएर हत्या गरेको र शवलाई सुटकेसमा राखेर फ्याँकिदिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गत बुधबार पुलिसले मुम्बईको मलाडमा सुटकेसको शव भेटेको थियो । मृतकको नाम मानसी दीक्षित रहेको भारतीय प्रहरीले जनाएको छ । मानसीको साथी मुजम्मिल सैयदले कोठामा बोलाएर हत्या गरेका थिए ।

प्रहरीका अनुसार सैयदले मानसीलाई आफ्नो कोठमा बोलाएको र केहि कुरामा झगडा भएर मोडलको हत्या गरेको हो । आरोपी सैयदले हत्या गरेको स्वीकारेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments