संयुक्त राज्य अमेरिकामा अक्टोबर महिनालाई राष्ट्रिय स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाईने भएको छ | स्वास्थ्य क्षेत्रमा काम गरिरहेका बिभिन्न कम्पनिहरु संगको सहकार्यमा स्तन क्यान्सरबारे सचेतना जगाउन बिभिन्न उत्पादन सामाग्रीहरुलाई समेत अहिले सचेतना समग्रिकै रुपमा उपयोग गरिएको छ |

सर्वसाधारणको पहुँचमा रहेका अत्याबस्यक उत्पादन सामग्रीहरुमा नै स्तन क्यान्सरबाट हुन् सक्ने समस्या र समाधानका उपायहरु समेत लेखिएका जानकारीहरु प्रष्ट बुझिने गरि प्रयौग गर्न थालिएको छ | स्तन क्यान्सर संसारमा महिलाहरुको मृत्युको मुख्य दोश्रो ठुलो कारण हो | स्तन क्यान्सर  प्रारम्भिक अवस्थामा नै थाहा भइ उपचार गर्न सके निको हुने रोग भए पनि अधिकांश महिलाहरूले रोगको संक्रमण बढे पछि मात्र चिकित्षक कहाँ पुग्ने गरेको ले स्थिति भयाबह हुन पुगेको अध्ययनले देखाएको छ | स्तन क्यान्सरको प्राम्भिक लक्षण स्वयम् परिक्षणबाट समेत थाहा हुने भएको ले यसबारे प्रचार प्रसारको आवस्यकता भएकोले सचेतना विज्ञापनको  नौलो तरिका अपनाइएको बताईएको छ | हेरौं केहि बिज्ञापन सामग्रीका नमुनाहरु जसमा स्तन क्यान्सर सम्बन्धि सचेतना समावेश गरिएको छ | (श्रोत: एजेन्सी)

breast-cancer-ads-1-1

breast-cancer-ads-1-4 (1)

breast-cancer-ads-1-4

breast-cancer-ads-2

breast-cancer-ads-3

breast-cancer-ads-4

breast-cancer-ads-5-4

breast-cancer-ads-6 (1)

breast-cancer-ads-6

breast-cancer-ads-10

breast-cancer-ads-11

breast-cancer-ads-12

breast-cancer-ads-13

breast-cancer-ads-14

breast-cancer-ads-15

breast-cancer-ads-17

breast-cancer-ads-71

Comments