काठमाडौं । राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेज सर्वसाधारणकालागि सार्वजनिक भएको छ।

नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच श्रीपेच सार्वजनिक गर्नुभएको हो । अब नागरायणहिटी दरबारमा सर्वसाधारणले श्रीपेचको अवलोकन गर्न सक्ने छन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्ड सहित राखिएको छ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ ।

अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए । गणतन्त्र स्थापनापछि उनले सुरुमा श्रीपेच हस्तान्तरण गर्न चाहेका थिएनन् । तर, सरकारले राम्रो नहुने चेतावनी दिएपछि नेपाल सरकारलाई हस्तान्तरण भयो । लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।

Comments

comments