मेलबर्न । बहुप्रतिभाशाली कलाकार र वहुआयमिक व्यक्तित्व हरिवंश आचार्य अष्ट्रेलियाको मेलबर्नवासी नेपालीहरु माझ उपस्थित हुने भएका छन् ।

सोलाङ्चरको आयोजनामा हुँदै आएको मेलबर्न डबलीमा यसपटक सुविख्यात मह जोडीमध्येका ह अर्थात हरिवंश आचार्य उपस्थित हुन लागेका हुन् । डबलीमा अभिनेता,गायक तथा लेखक आचार्यले आफ्नो कलाकारिता र लेखन यात्राकाबारेमा आफ्ना अनुभवहरु सुनाउनेछन् । थनबरी थियटरको हलमा यही अक्टुवर २७ तारिखको साँझ ६ः३० बजेदेखि शुरु हुने कलाकार आचार्यसँगको मिट एण्ड ग्रीट कार्यक्रममा इच्छुकहरुलाई निशुल्क सहभागीताको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

त्यसैले नेपालीहरु माझ सम्मानित व्यक्तित्वका रुपमा रहेका आचार्यसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी बन्ने अवसर नछुटाउन आयोजकले अनुरोध गरेको छ । सहभागी बन्न इच्छुकहरुले अग्रीम रेजिष्ट्रेशन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

Comments

comments