मेलबर्न । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको आयोजनामा शुभकामना आदनप्रदान तथा बार्बीक्यु कार्यक्रम सम्पन्न भएको छ । समितिले नेपाली महान चाडपर्वहरु दशै, तिहार, म्ह पूजा, तथा छठ पर्वहरुको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन विशिष्ट अतिथि रहनुभएको थियो । नेपालीहरुको चाडपर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै योञ्जनले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विशुद्ध सामाजिक तथा सांस्कृतिक भावनाबाट उत्प्रेरित भइ नेपाली समुदायलाई योगदान पुर्याएका व्यक्तित्वहरु, साउथ अष्ट्रेलियाको जन सम्पर्क समितिका अध्यक्ष अर्जुन लम्साल, नेपालबाट मेलबर्नमा आएर रहनु भएका जेष्ठ सदस्यहरुले आतिथ्य ग्रहण गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका नेकपाका प्रतिनिधि निराजन गौलीले सम्पूर्ण नेपालीको एकतामा जोड दिंदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गत शनिबार मेलबर्न स्थित Coburg Lake Reserve मा भएको कार्यक्रममा बरिष्ठ सदस्य सोमप्रसाद गुरुङले उपस्थित सबैलाई धन्यवाद दिंदै स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै नारायण काफ्लेले कार्यक्रमको महत्व तथा दुर्गा आचार्यले जनसम्पर्क समितिको भूमिका बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन जनसम्पर्क समितिअष्ट्रेलियाका सचिव गणेश पौडेलले गर्नुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments