दाङ । तुलसीपुर उपमहानगरपालिका, बखरिया गाउँस्थित एउटा बस्ती। चार वर्षअघि बबईमा आएको बाढीले घरबास सोहोरेपछि विस्थापितहरू त्रिपालको ओतमा आश्रित छन्। विस्थापित भएको सुरुका वर्षमा पर्व आगमनले निकै पीडाबोध गराइदिन्थ्यो उनीहरूलाई। छिमेकमा छाउने पर्वको रौनकले यी टहरामा छुँदैछुँदैनथ्यो। तर अहिले यिनै टहरोमा हरेक पर्वको उमंग छाउँछ। ऋण गरेरै भए पनि पर्व रमाइला बन्छन्। अब पीडा मानेर के गर्ने ? नागरिक दैनिकमा समाचार छ ।

दशैँको चहलपल यो बस्तीमा पनि सुरु भइसकेको छ। बालबालिकालाई नयाँ पोसाकको जोहो तथा मिठोमसिनो जुटाउन बस्तीका नागरिक तल्लीन छन् । उनको परिवारको गर्जो टार्ने माध्यम माछा मारेर बेच्नु हो। बबई नदीमा माछा मारेर चलेको उनको परिवारका लागि दशैँखर्च जुटाउन सजिलो भने छैन।

विस्थापित भएपछिका केही वर्ष चाडपर्वहरू उनको परिवारका लागि पीडादायी बने। चाडबाडमा आउने पाहुनालाई टहरोमा स्वागत गर्न निकै अप्ठ्यारो हुन्थ्यो उनलाई । साँघुरो टहरोमा पाहुना आउन मन गर्दैनथे । तर गत वर्षदेखि पाहुना सहजै आउँछन् । यो बस्तीका अधिकांश विस्थापितलाई अहिले दसैंको चटारोले छोइसकेको छ। उनीहरूमा गतिलो घरबासको चिन्ताभन्दा पनि टहरोमै दसैं कसरी भव्य बनाउने भन्ने ध्याउन्न छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments