काठमाडौं । दशैँको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो।

वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पार्नुभयो। लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको काठमाडौं महानगरपालिकाले फोहोर सुचारु हुन थालेपछि दशैँ मनाउने बहानामा पाँच दिन फोहोर व्यवस्थापन नगर्ने भएको हो।

विभाग प्रमुख कुवँरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको जानकारी दिनुभयो। स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए।

दशैँको ५ दिन उपत्यकाका २२ वटै स्थानीय निकायको फोहोर व्यवस्थापन हुनेछैन। हाल दैनिक ८ सय टन फोहोर संकलन हुने गरेको छ। तीमध्य सिसडोल ल्यान्डफिल साइटमा झन्डै ५ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ। सिसडोलमा दैनिक १ सय २० वटा सवारी साधानले फोहोर व्यवस्थापन गर्ने गरेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments