सुर्खेत । प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ घुस लिएर भाग्दाभाग्दै पक्राउ परेका छन् । बाबियाचौरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत निरीक्षक श्रेष्ठलाई घुस लिएर भाग्दाभाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पकाउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम लिएर भाग्दै गरेका निरीक्षक श्रेष्ठसँगै प्रहरी जवान तिलक लामिछाने पनि पक्राउ परेका छन् । उनीहरुले पञ्चपुरी नगरपालिका–२ सालकोटमा सुनचाँदी व्यवसायीसँग १५ हजार घुस मागेर हिड्का थिए । सालकोटमा केही दिनअघि सुनचाँदी पसलमा चोरी भएको थियो । प्रहरीद्वयले चोर पत्ता लगाउने भन्दै व्यवसायीसँग घुस लिएका हुन् ।

घुस लिएको सुइको पाएपछि अख्तियार टोलीले उनीहरुलाई पछ्याइरहेको थियो । टोलीले पछ्याएको शंका लागेपछि उनीहरु भागेका थिए । त्यसपछि उनीहरुलाई भाग्दा भाग्दै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments