काठमाडौं । चितवनका सुलभ मिश्र केही दिन देखि सामाजिक संजालमा चर्चित छन् । उनले सडकमा गाउँदै गरेका भिडियोहरु सामाजिक संजाल प्रयोगकर्ताहरु माझ चर्चित छन् ।

सुलभले आफ्नो पढाइ खर्च जुटाउनको लागि सडकमा गाउने काम गर्दै आएका छन् । केहि व्यक्तिहरुले माग्ने काम गरेको बताइरहदा सुलभ भने यसलाई उनको कामको रुपमा लिन्छन् । सुलभका अनुसार, यो मागेको नभई आफ्नो कला बेचेको हो । केहीले विदेशबाट सम्पर्क गरेर यदि पैसा आवश्यक परेको भए हामीले पठाईदिन्छौं भन्छन् त केही कलेजले नि:शुल्क पढाइ दिने प्रस्ताव राख्छन् । सुलभले आफूले काम गरिरहेको र यसलाई दुख या मागेको रुपमा नलिई काम गरेको रुपमा लिइदिन सबैलाई आग्रह गर्छन् ।

नि:शुल्क पढाइ दिने प्रस्ताव ल्याउने कलेजलाई उनी त्यस कलेजमा या अरु विभिन्न ठाउँमा, केही गर्न नसक्ने, साहरा नभएका र गरिब परिवारका विद्यार्थी भएका कारण आफ्नो सट्टा उनीहरुलाई पढाउनको लागि आग्रह गर्छन् । सुलभले साथीहरुसनग मिलेर एउटा संस्था दर्ता गरेका छन्, जस अनतर्गत उनीहरुले बाटोमा आफ्नो कला देखाएर संकलन भएको पैसा समाज सेवामा लगाउँछन् । एक्लै गाउँदा उनी आफ्नो लागि गाउँछन् र समूहमा गाउँदा उनी सामाजिक सेवाको लागि गाउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments