काठमाडौ । नेपाली कांग्रेसले मुलुकभरका पार्टी कार्यालयमा पार्टी झण्डा ३ दिनसम्म आधा झुकाउने भएको छ । कांग्रेसले पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति शोकप्रकट गर्दै मंगलबारसम्म झण्डा झुकाउने निर्णय गरेको हो ।

कांग्रेसले बास्तोलाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बास्तोलाको निधनको कारण श्रदाञ्जलि र शोकसभन बाहेक अन्य सबै कार्यक्रम स्थगित गरेको छ । काँग्रेसले नेता बास्तोलाको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलन र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको पनि जनाएको छ ।

बौद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेता पार्टीले गुमाएको उल्लेख गर्दै काँग्रेसले नेता बास्तोलाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति पनि उच्च सम्मान प्रकट गरेको छ । सभापति शेरबहादुर देउवाले बास्तोलाको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर श्रदाञ्जलि प्रकट गर्नुभएको छ ।

पार्टी मुख्यालय सानेपामा बास्तोलाको पार्थिव शरीरमा  पार्टीका नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकले श्रद्धाञ्जलि व्यक्त गरे । बास्तोलाको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार राति निधन भएको हो । बास्तोलाको पार्थिव शरीरलाई आइतबार साँझ अन्त्येष्टि गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments