मेलबर्न । अष्ट्रेलियामा १६ वर्षीय एक किशोरले ५३ वर्षीय एक व्यक्ति माथी यौन हिंसा गरेका छन् । सिड्नी एक सपिङ्ग सेन्टरको कार पार्किङ्गमा घटना घटेको हो ।

कार पार्किङ्गमा ती किशोरले ५३ वर्षका ती व्यक्ति माथी जबर्जस्ति गर्न खोजे । अपरिचित किशोरले त्यस्तो व्यवहार गरेपछि अत्तालिएर उनी भाग्न खोजे । त्यसपछि ती किशोरले उनलाई चक्कु देखाएर यौन हिंसा गरेका थिए ।

घटना घटेको केही छिन पछि नै ती व्यक्तिले प्रहरीलाई सम्पर्क गरे र प्रहरीले किशोरलाई पक्राऊ गर्यो । प्रहरीले ती किशोरको साथमा चक्कु भएको बताएको छ ।

ती किशोर माथी, यौन हिंसा, हतियारले आक्रमण गरेको र हतियार राखेको गरि तीन मुद्दा दर्ता भएका छन् ।

स्रोत : सेभेन न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments