बेलायत । अमेरिका र बेलायतले साउदी अरेबियामा हुने अन्तर्राष्ट्रिय सम्मेलन बहिस्कार गर्ने तयारी गरेका छन् ।

साउदीका पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनालाई लिएर उनीहरुले सम्मेलन बहिष्कार गर्ने विषयमा विचार गरिरहेको बिबिसीले जनाएको छ । खशोग्गीले खासगरी साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको आलोचना गर्दै आएका थिए । सुधारका मुद्दाहरूलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साउदी राजकुमारले सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाले खशोग्गीको हत्या गराएको पुष्टि भए उसलाई कडा सजाय दिने चेतावनी दिनुभएको छ । खशोग्गी बेपत्ता प्रकरणलाई लिएर कयौँ प्रायोजक र सञ्चार समूहले यसै महिना रियादमा हुने लगानी सम्मेलन बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।

साउदी अरेबियाले खशोग्गीको हत्या गराएको पुष्टि भए त्यसको भर्त्सना गर्दै संयुक्त रूपमा वक्तव्य जारी गर्ने विषयमा पनि अमेरिकी र युरोपेली कूटनीतिज्ञहरूले विचार गरिरहेको बिबिसीले उल्लेख गरेको छ । टर्कीको इस्तानबुलस्थित अक्टोबर २ मा साउदी वाणिज्य दूतावास पुगेका खशोग्गी त्यसपछि बेपत्ता भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments