एजेन्सी । अमेरिकी प्रथम महिला मिलानिया ट्रम्पले आफ्नो वैवाहिक जीवनमा कुनै किसिमको तनाव नरहेको स्पष्ट पारेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विवाहेत्तर सम्बन्ध राखेका विविध आरोपहरु लागेपछि मिलानिया र डोनाल्ड ट्रम्पको वैवाहिक जीवनमा तनाव आएका विविध अड्कलहरु आइरहेका थिए ।

तर प्रथम महिला मिलानियाले श्रीमानको विवाहेत्तर सम्बन्ध तथा विभिन्न महिलाले लगाएको यौन सम्बन्धका आरोपले आफूलाई कुनै प्रभाव नपरेको स्पष्ट पारेकी हुन् । आफूले धेरै अरु काम गर्नु पर्ने र ध्यान दिनु पर्ने कुरा अरु नै महत्वपूर्ण रहेकाले त्यस्ता आरोपहरुमा खासै चासो नहुने गरेको मिलानियाले बताएकी छन् ।

अमेरिकी टेलिभिजन एबिसीसँगको अन्तर्वार्ताको क्रममा प्रथम महिला मिलानियाले आफ्नो वैवाहिक सम्बन्धमा सञ्चारमाध्यममा आउने गरेका कुराहरु सुखद नरहेको पनि बताएकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माया गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले ‘पक्कै पनि, हामी ठीक छौँ’ भन्ने जवाफ दिइन् । ट्रम्पमाथि विवाहेत्तर सम्बन्ध कायम गरेको आरोप छ तर उनले अस्वीकार गर्दै आएका छन् ।

वयश्यक चलचित्रकी अभिनेत्री स्ट्रोमी ड्यानियल्स र प्लेब्वाइ म्यागजिनकी पूर्व मोडल क्यारन म्याकडुग्सले ट्रम्प र आफूहरुबिच यौन सम्बन्ध कायम भएको बताउँदै आएका छन् ।

प्रथम महिला मिलानियाले आफूले ट्रम्पलाई माया गर्ने र सञ्चार माध्यममा आफूहरुको सम्बन्धलाई लिएर आउने गरेका कुरा अधिकांश समय सही नहुने गरेकी बताएकी छन् ।

Comments