मेलबर्न । नेपालमा रिलिज भएर दर्शकको अत्यधिक माया बटुल्न सफल भएको चलचित्र इन्टु मिन्टू लन्डनमा अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शनमा सहभागी हुन चलचित्रका कलाकारहरू नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगल अष्ट्रेलिया आइसकेका छन् ।

चलचित्रको प्रदर्शन एडीलेड र सिड्नी सहर पछि मेलबर्नमा हुन लागेको हो ।  मेलबर्नमा आगामी १५ अक्टोबर सोमबार ८ बजे चलचित्रको विशेष शो कार्यक्रम सुरु हुने बताइएको छ । कार्यक्रम चाइनाटाउन सिनेमा सिटीमा हुनेछ । नेप्ले इभेन्ट्सले बिग बेली र खड्का एण्ड सन्स सिने इन्डस्ट्रीसंगको सहकार्यमा शोको आयोजना गरेको हो ।

प्रेमकथामा आधारित चलचित्र इन्टु मिन्टू लन्डनमालाई रेनशा राईले निर्देशन गरेकी हुन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शाहरुक ताम्राकार लगायत कलाकारले अभिनय गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments