ढाका । बंगलादेशको राजधानी ढाकास्थित एक अदालतले दुई पूर्वमन्त्रीसहित १९ जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ । सन् २००४ मा ढाकामा भएको आक्रमणमा दोषी ठहर गर्दै उनीहरुलाई मृत्युदण्डको फैसला सुनाइएको हो भने प्रमुख विपक्षी दलका निर्भासित एक नेता लाई आजीवन काराबासको सजाय सुनाइएको छ । राजधानी दैनिकमा समाचार छ ।

सन् २००४ मा ढाकामा भएको ग्रिनेड आक्रमणमा वर्तमान प्रधानमन्त्री तथा अवामी लिगकी नेतृ शेख हसिना घाइते भएकी थिइन् भने अन्य २० जना मारिएका थिए । आजीवन काराबासको फैसला सुनाइएका विपक्षी नेता तारिक रहमान पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।

तत्कालीन प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान सहित ४९ जना विरुद्ध आक्रमणको आरोप लागेको थियो । न्यायाधीस शाहेद नुरुद्दिनले भने, ‘उनीहरु सबैलाई झुन्ड्याएर फाँसी दिइनेछ ।’ बंगलादेशकी विपक्षी नेतृ जियामाथि भ्रष्टाचारको आरोपमा गत फेब्रअरीमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।

बंगलादेशमा यसै वर्षको अन्त्यमा आम निर्वाचनको आयोजना गरिएको छ । आम निर्वाचनअघि ठूलो संख्यामा एकैपटक मृत्युदण्डको सजाय दिन लागिएको हो । आजीवन काराबासको फैसला सुनाइएका रहमानमा बंगलादेशको प्रमुख विपक्षी बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) का कार्यबाहक अध्यक्ष हुन् । उनलाई यसअघि उनकी आमासँगको भ्रष्टाचारको मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । रहमान सन् २००८ देखि लण्डनमा निर्भासित जीवन बिताइरहेका छन् ।

बंगलादेशका कानुनमन्त्री अनिसुल हकले सरकार उनलाई पनि मृत्युदण्डको फैसलाको अपिलसहित उच्च अदालतमा जाने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments