एजेन्सी । विश्व विजेता फ्रान्स मैत्रीपूर्ण फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा मुश्किलले हारबाट जोगिएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्स आइसल्याण्डसँग २(२ को बराबरीमा रोकिएको हो ।

अन्तिम मिनेटमा केलियन एमबाप्पेको गोलबाट फ्रान्सले खेलमा बराबरी गरेको हो ।

३० औँ मिनेटमा बिरकिर ब्यारनासनको गोलबाट आइसल्याण्डले पहिलो हाफमा अग्रता लियो । उसका लागि कारी अर्नासनले ५८ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको अन्तिम चार मिनेट सम्हालिन नसक्दा लगभग जितिसकेको खेलमा बराबरीमा रोकिन बाध्य भयो आइसल्याण्ड । ८६ औँ मिनेटमा आइसल्याण्डका होल्मर ओर्न इयोल्फ्सनले आत्मघाती गोल गरे ।

यस्तै ९० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै खेलमा बराबरी गरेका हुन् । थप खेलाडीको रुपमा मैदान आएका एमबाप्पे फ्रान्सलाई हारबाट जोगाउने माध्यम बने । एमबाप्पेले पेनाल्टी मार्फत गोल गरेका हुन् ।

Comments

comments