काठमाडौं । बडा दशैं हाम्रो आँगनमा भित्रिसकेको छ । बडा दशैं टीका आशीर्वाद संगै दुर्गा पूजा, नयाँ पहिरन र उमंगको पर्व हो । पहिरन लगाउँदा केही फरक र सुन्दर तरिकाले लगाउँदा त्यो उमंग अझ धेरै बढ्छ र दशैं विशेष बन्छ ।

दशैंमा कुर्ता सुरुवाल लगाउन नचाहने किशोरी तथा युवतीले सर्ट र इन्डो स्कर्ट लगाउन सक्छन् । यसले गर्दा परम्परागत र लागिरहेको पहिरन भन्दा फरक लुक्स आउंछ । यो लुगा लगाउँदा कम गहना लगाउनुपर्छ । यो पहिरन विशेष गरि किशोरीहरुलाई बढी राम्रो देखिन्छ । इन्डो मिक्स, परम्परागत रुप आउने लुगा लगाउन चाहने, तर कुर्ता लगाउन नचाहने युवतीहरुले लामो टप्स र स्कर्ट लगाउन सक्छन् । चाडपर्वमा रातो रंग राम्रो देखिने हुँदा, टप्स र स्कर्ट नै रातो लगाउन पनि सकिन्छ । यो पहिरनमा मेटलका गहना लगाउनाले अझ फेसनेबल र फरक देखिन सकिन्छ ।

परम्परागत लुक्स बनाउन चाहनेहरुले कुर्ती र टप्समा रातो रंगको चुनरी लिन सकिन्छ । यसको लागि गोल्डेन र रातो रंग मिक्स भयो भने अझ राम्रो देखिन्छ । त्यस्तै कुर्ता सुरुवाल लगाउँदा पनि राम्रो देखिन्छ । कुर्ता सुरुवात लगाउँदा प्लाजोमा कुर्ता लगाउने र चम्किलो रंगिन चुनरी लिनाले लुक्स फरक देखिन्छ ।

Comments

comments