काठमाडौं । कञ्चनपुरकी १३ वर्षींया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका अभियुक्त अझै फेला परेका छैनन् । प्रहरी, उच्चस्तरीय छानबिन समिति र मानवअधिकार आयोगले समेत हत्याका दोषीको कुनै यथेष्ठ प्रमाण फेला पार्न सकेको छैन । घटनाका प्रमाण लुकाउन प्रयास गरेको आरोपमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टमाथि अनुसन्धान भइरहेको छ । तर कुनै उपलब्धि हुन सकेको छैन ।

तत्कालिन एसपी बिष्ट मात्र नभइ उनका छोरा किरण बिष्टलाई समेत घटनामा संलग्न भएको आरोप लगाइएको छ । तर, प्रमाण र अन्य आधारमा यी आरोप मिथ्या भएका छन् । किरणले जनता समाचार डटकमलाई दिएको जानकारी अनुसार आफूले अनुसन्धानलाई पुरै बाटो खुला गरिदिएको भएतापनि आफ्नो बाँच्न पाउने अधिकारलाई यहाँका मिडिया र जान्नेमान्नेले हनन गरेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै आफूमाथि लगाइएका आरोप र सामाजिक प्रतिष्ठाको बिषयमा गम्भीर बनिदिन आग्रह गरेका छन् । विभिन्न मिडिया र व्याक्तिले आफूमाथि अन्याय गरेको उनको खुलापत्रमा समेटिएको छ ।

उनले प्रधानमन्त्रीलाई लेखेको खुलापत्र :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments