काठमाडौं । काठमाडौं–७ मा सांसद रामवीर मानन्धरले राजीनामा दिने र बर्दियामा चुनाव हारेका वामदेव गौतम उपनिर्वाचनमा भाग लिने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै विवाद देखिएको छ ।

वामदेव गौतमका लागि बाटो खुला गरिएको विषयलाई पार्टीका शीर्षनेताले गम्भीरतापूर्वक लिएका छन् । ‘एउटा सांसदले पत्रकार सम्मेलन गर्दै पद त्याँगे भन्दै हिँड्ने विषय थिएन, यो त पार्टीको आधिकारिक निर्णयसहित आउनु पर्ने विषय थियो,’ नेताहरुले भनेका छन्, ‘ठूलो पार्टीको कुरा एउटा सांसदले बजारमा भन्दै हिँड्ने गरी किन विकृति भित्रियो ?

अन्नपूर्ण पोष्टका अनुसार, गौतमबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मौनता कायमै छ । वामदेवका लागि सिट खाली गर्न अहोरात्र कसरत गरिरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार बोली फेरेका छन् । उनले हार्ने गरी गौतमलाई उठाउन नहुने बताउन भ्याइसकेका छन् ।

गौतमलाई उपनिर्वाचनमा उठाउने विषयमा नेता ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ विरोधमै छन् । पार्टीभित्रै असन्तुष्टिमा काठमाडौं–ठ गौतमका लागि सुरक्षित होला ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments