काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद अभिषेकप्रसाद साह । जो प्राचीन बुद्धनगरी कपिलवस्तु–३ बाट निर्वाचित सांसद । उनी नै गौतम बुद्ध भारतमा जन्मिएको भन्ने कार्यक्रममा प्रचारक बनेका छन् ।

नयाँ पत्रिकाका अनुसार, भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यासमा सांसद साह विशिष्ट अतिथि बनेका थिए ।

उत्तर प्रदेश सरकारले गरेको कार्यक्रम र बुद्ध भारतमा जन्मिएको प्रचार गरिएको कार्यक्रममा नेपालका सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ । कार्यक्रम उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको प्रमुख आतिथ्यमा भएको हो । सांसद साहको उपस्थिति र बुद्ध भारतमा जन्मिएको भन्ने प्रचारको कार्यक्रम सहभागितालाई कपिलवस्तुका वासिन्दाले सामाजिक सञ्जालमा विरोध गरेका छन् । सिमानामा देश मिचिँदा अनि बुद्ध भारतमा जन्मिएको प्रचार हुँदा आफ्ना सांसद चिनी किन्न गएको ग्राहकजस्तो रमिते भएको नागरिकको तर्क छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments