काठमाडौं । सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको शुरुआत गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० अन्तर्गतको वीर अस्पतालले बुधबारदेखि दुवाकोटबाट बहिरङ्ग स्वास्थ्य सेवा ९ओपिडी० सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्राडा भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिनुभयो । ओपिडी सेवा बिहान ९ देखि ५ बजेसम्म हुने उहाँले बताउनुभयो ।

थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्को टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न भौतिक संरचना गर्न करीब ५७० रोपनी जमीन उपलब्ध गराएको थियो ।

निर्देशक प्राडा बस्नेतले भन्नुभयो, “ओपिडी सेवा प्रदान गर्न एक जना मेडिकल अफिसर, नर्स, अहेबसहित आवश्यक कर्मचारी व्यवस्था गरेको छौँ । आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकले सेवा दिनुहुन्छ । आवश्यकताअनुसार उपकरणको व्यवस्था गर्दछौँ ।”

पछिल्लो समय स्वास्थ्य मन्त्रालले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिँदै आएको छ । सो स्थानमा भौतिक संरचनालगायत कामको शुरुआत गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार रु ३० करोड विनियोजनसमेत गरेको छ ।

वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० सम्मको श्ययाको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायत पूर्वाधार तयार गर्दैछ । साथै सरकारीस्तरमा पहिलो पटक हेलिप्याडको सुविधासमेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिनुभयो । मन्त्रालयले आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने अति महत्वकाङ्क्षी योजना बनाएको छ ।

शल्यक्रिया भवन छुट्टै

वीर अस्पतालले अत्याधुनिक शल्यक्रिया भवन छुट्टै निर्माण गर्दैछ । अस्पताल हाताभित्र रहेको सो भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्नुभएको थियो ।

नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया ९अपरेश थिएटर० रहनेछन् । यसैगरी पोस्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहनेछन् । साथै ज्येष्ठ नागरिक तथा अपाङ्ग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । तर भवनको निर्माण कार्य अति सुस्त गतिमा रहेको देखिन्छ ।

विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको रहेको छ । अर्कोतर्फ न्याम्सले छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको जनाएको छ ।

Comments

comments