मेष राशि

विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला । कपडा तथा विशिष्ट प्रकारका वस्तु लाभ रहला । मान तथा सम्मानमा बृद्धि रहला । मनमा हर्ष बढ्ला ।

वृष राशि 

विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला धनसम्पत्तिको लाभ होलान् । सुखसुविधाका वस्तुहरु लाभ होलान् । मन हर्षित रहला । विशिष्ट किसिमका कामको थालनी होलान् ।

मिथुन राशि

राज्यपक्षबाट भयहोला । आफन्तीले धोका देलान् । आलस्यता आउला मन भने अशान्त रहला ।

कर्कट राशि

पेटसम्बन्धी समस्याले सताउला । शत्रुहरूले बाधा गर्लान् । धननाश होला । यात्रा तथा प्रवासमा कष्ट होला । मन शान्त रहला । धैर्य गरि गरेका कामहरु सफल होलान् ।

सिंह राशि

राज्यपक्षबाट दर तथा भय रहला । विरोधीहरु सक्रिय रहलान् । पारिवारिक सदस्यबाट सहयोग नहोला । आफन्तसँग मतभेद होला ।

कन्या राशि

स्वास्थ्यमा केही समस्या देखिएला । धनहानी होला । आफन्ती तथा नजिकका व्यक्तिसँग विवाद होला । आर्थिक संकट पर्ला । मित्रजनबाट धोका होला ।

तुला राशि

महिनाव्यापि वर्गबाट सुख प्राप्त होला । मानसम्मान वृद्धि होला । गरेका काम सफल होलान् । यात्रा फलदायी रहला । सवारीसाधनबाट सुख मिल्ला लाभ होला । मन हर्षित रहला ।

बृश्चिक राशि

धनलाभ होला । उद्योगधन्दामा सफलता प्राप्त होला । मानसम्मानमा वृद्धि होला । अरुहरुले साथ दिनाले महत्वपूर्ण कार्य बन्ला ।

धनु राशि

थोरै भएपनि काममा सफलता मिल्ला । कुटुम्ब तथा स्वजनबाट धोका होला । आर्थिक क्षेत्रबा भने केही लाभ होला । अध्ययनमा आलस्यता फाइदा होला । थोरै सफलता मिल्ला । धेरै परिश्रम गर्नुपर्ला ।

मकर राशि

अन्न तथा वस्त्र आदि लाभ होला । भाग्यले साथ देला स्वास्थ्य क्षेत्रमा आएका समस्या सुधार होलान् । दुख आनन्द प्राप्त होला । सम्मान बढेर जाला । शुभकार्यको थालनी होला ।

कुम्भ राशि

गरेका काम अधुरै रहलान्् । पुत्र तथा आफूभन्दा साना व्यक्तिबाट सुख सहयोग मिल्ला । पठनपाठनमा रुचि बढ्ला । सामान्य किसिमका काम भने सम्पन्न होलान् । दिन सामान्य गतिले बित्नेछ ।

मीन राशि 

पारिवारिक कलह होला । पारिवारिक चिन्ता पर्ला शारीरिक समस्याले पनि सताउला । वादविवादमा फस्नाले दिनभर तनाव व्यहोर्नु पर्ला ।

Comments

comments