मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरु आफ्नो समुदायको हीतसंगै नेपाली कला तथा संस्कृतिको सम्बर्द्धनको लागि आ-आफ्नो ठाउँबाट अगाडी बढिरहेका छन् । जीलोंग नेपलीज एसोसिएसन यस्तै एउटा संस्था हो, जहाँ जीलोंगमा रहेका नेपालीहरु हातेमालो गरेर अगाडी बढिरहेका छन् ।

जीलोंग नेपलीज एसोसिएसनले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रम दिउँसो ३ बजे देखि ताज क्याफे एक्सप्रेसमा भएको थियो । उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण र आर्थिक विवरण पेश गरिएको थियो । सहभागीहरुले संस्था प्रभावकारी रुपमा अगाडी बढेको बताउंदै यसलाई अझ बलियो बनाउन जीलोंग वरपर सबै बस्ने नेपालीलाई समेट्नुपर्ने धारणा राखेका थिए ।

उक्त साधारण सभाबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ कार्य समितिको अध्यक्ष पदमा निरज करनजीत चुनिनुभएको छ । करनजीतको यो दोस्रो कार्यकाल हो । दर्पना घिमिरे र प्रमोध पटेल कार्य समितिको उपाध्यक्षमा पदमा चुनिनुभएको छ ।

त्यस्तै, नयाँ कार्यसमितिको सचिवमा तर्क राज भट्ट, सह-सचिवमा सितु श्रेष्ठ, कोषाध्यक्षमा रबिन्द्र न्यौपाने, सदस्यहरुमा सुरज तिवारी र गणेश आचार्य, आइटिमा नविन नायक, सल्लाहकारमा महेश कुमार श्रेष्ठ, प्रभात लामीछाने र लक्ष्मी अधिकारि चयन हुनुभएको छ । सल्लाहकारमा चयन हुनुभएका महेश कुमार श्रेष्ठ संस्थापक उपाध्यक्ष हुनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments