काठमाडौं । इंस्टाग्रामले इन्टरनेट मार्फत् गालीगलौज गर्नेहरुलाई पत्ता लगाउन नयाँ एप्सको विकास गरेको छ । सामाजिक सञ्जालमा गाली गर्नेहरुसम्म पुग्नका लागि इंस्टाग्रामले नयाँ कृतिम बुद्धिमता (आर्टिफिसियल इंटेलिजेन्स)को मद्दत लिने गरी एप्स तयार पारेको हो । फेसबुक जस्तै सर्भिस रहेको इंस्टाग्रामले त्यस्ता व्यक्तिको फोटोहरु स्क्यान गरेर राखिरहेको छ ।

फेसबुकले गलत गतिविधिको रोक्नका लागि पहिले देखि नै प्रयास गरिरहेको थियो । फेसबुक प्रयोगकर्ताले भोगेको समस्यालाई समाधान गर्न र गाली बेइजती गर्नेहरुलाई सावधान गर्न नयाँ फेसबुकले नयाँ प्रविधि ल्याएको हो । यसअघि फेसबुक प्रयोगकर्ता निराश बनेका थिए । इंस्टाग्राम चीफ एडम मोसेरी मंगलबार गराएको जानकारी अनुसार धम्कीपूर्ण भाषा प्रयोग भएका स्टाटस र कमेन्टहरुलाई आर्टिफिसियल इंटेलिजेंसको सहायताले प्रयोग गर्न सकिन्छ र त्यस्तो मानिस कहाँ पुग्न सकिन्छ ।

उक्त एप्सले धम्की दिने मानिसलाई सजिलै पहिचान गर्न सकिने र स्थानको समेत पत्ता लगाउन सकिन्छ । फरक नाम दिएर खोलेका आइडी समेत कुन देश र स्थानबाट खोलिए पत्ता लाग्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments