काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय आएका युवा कलाकार मध्ये नाजिर हुसेन लोकप्रियता संगसंगै आफ्नो काममा प्रशंसा कमाएका कलाकार हुन् ।  रंगमंचबाट कलाकारिता क्षेत्रमा आएका उनी अहिले चलचित्रमा अभिनय गरेर विभिन्न अवार्डबाट सम्मानित भएका छन् ।

नाजिर हुसेनलाई हरेक व्यक्तिको केही न केही कथा हुन्छ भन्ने लाग्छ । उनको पनि त्यस्तै कथा छ, जसलाई अहिलेको सफलताले छोपिदिएको छ । नाजिरकी आमाले दुख गरेर छोरा छोरी हुर्काइन् , सबै आत्मनिर्भर बने । तर, कान्छो छोरा नाजिरले भने अरुको जस्तो जागिर नगरी कला यात्रामा लाग्न चाहेको बताए । परिवारका सबै व्यक्तिले जागिर गर्थे र उनलाई पनि जागिर गर्ने दबाब दिन्थे । काठमाडौं आइसकेपछि नाजिरले एउटा स्कुलमा पढाउन थालेका थिए । दाइले पढेर प्रतिष्टित जागिर खान दबाब दिइरहन्थे ।

सानै उमेर देखि नाच्न सिपालु नाजिरले काठमाडौं आएर नाच्न सिक्न थालेपछि उनमा कलाकार नै बन्ने अठोट जाग्यो । त्यसपछि उनले आफू कलाकर बनेर देखाउने बताउंदै दाइसंग बस्दै आएको कोठा छोडेर हिंडे । त्यतिबेला कहीं जाने ठाउँ नपाएपछि आफूले वसन्तपुरको मन्दिरमा तीन रात काटेको नाजिर बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments