काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामवीर मानन्धरले आफ्नो पदबाट दिनुभएको राजिनामा बुधवार स्वीकृत हुने भएको छ । बुधवार बस्ने पार्टीको सचिवालय वैठकले सांसद मानन्धरको राजिनामा स्वीकृत गर्ने बताइएको छ ।

उहाँले पार्टीका वरिष्ठ नेता वामदेव गौतमका लागि आफूले जितेको काठमाडौं क्षेत्र नम्बर–७ खुला गरिदिन मंगलवार राजिनामा पत्र बुझाउनुभएको थियो ।

मंगलबार नै काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मानन्धरले भने, ‘यो जनताको जित हो धोका हैन, जनताभन्दा पार्टी ठूलो हो।’ उहाँले आफूले पदबाट राजीनामाका लागि सचिवालयमा स्वीकृत पत्र दिइसकेको जनाउँदै बुधबारको सचिवालय बैठकले राजीनामाका लागि स्वीकृति दिने बताउनुभयो ।

मानन्धरले नेतृत्वको निर्णयअनुसार आफूले राजीनामा दिएको प्रष्ट पार्नुभएको छ ।

राजिनामाको भित्री कथा

सांसद मानन्धरले पार्टीको निर्णय अनुसार आफूले राजिनामा दिनुभएको प्रष्ट पार्नुभएको छ । स्रोतका अनुसार उहाँले आफ्नो क्षेत्र छोडिदिए वापत राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र मन्त्री पद दिने पार्टीभित्र सहमति भएको छ । पार्टीका वरिष्ठ नेता वामदेव गौतमका लागि स्थान खुला गरिदिन उहाँले मंगलवार राजिनामा पत्र बुझाउनुभएको हो ।

Comments

comments