च्याम्पियन्स लिग टी–२० क्रिकेटको उपाधि चेन्नाई सुपर किंग्सले हात पारेको छ ।

भारतको बैंगलोरमा गएराति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले उपाधि आफ्नो कब्जामा लिएको हो । यससँगै चेन्नाई दोश्रो पटक च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो । खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । कोलकत्ताका कप्तान गौतम गम्भीरले ५२ बलमा ८० तथा रबिन उथप्पाले ३२ बलमा ३९ रन बनाए भने पवन नेगी एक्लैले २२ रन खर्चेर ५ विकेट लिए ।

जवाफमा चेन्नईले १८ ओभर ३ बलमा २ विकेट गुमाउँदै जित हासिल गर्यो । सुरेश रैनाले ८ छक्का र ६ चौकाको मद्धतले ६२ बलमा अविजित रहँदै एक सय ९ रन बनाउँदै टिमलाई जिताएका हुन् ।

Comments

comments