काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयलेपत्रकार सम्मेलन गरी नौ बर्षिया दुई बालिकालाई करणी गर्ने शिक्षकलाई सार्वजनिक गरेको छ । एक विद्यालयका शिक्षक जसले दैनिक नैतिकता र चरित्रका कुरा सिकाउँछन् उसैले दुई नौ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको हाे ।

प्रहरीले पक्राउ लगत्तै असाेज १८ गते अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसधन्धान थालेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले बताए ।

जिल्लाको बेथानचोक गाउँपालिका–४ मा रहेको कालिका माध्यामिक विद्यालयमा सामाजिक तथा नैतिक शिक्षा पढाउने राहत कोटाका ३१ वर्षका शिक्षक शंकर पहरीले कक्षा ५ मा अध्ययन गर्ने नौ बर्षका दुई बालिकालाई पटक–पटक बलात्कार भएको भन्दै उजुरी परेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments