सिन्धुपाल्चोक । जुगल गाउँपालिकामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा ४ ख ३३३१ नम्बरको टिपर सडकबाट खोलामा खस्दा बलेफी गाउँपालिका वडा नम्बर १ सिम्ले ढाडेका ६९ वर्षीय मोहन श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक पाँचखाल नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

ढुङ्गा बाेकेकाे टिपर सडक भासिएर करिब २ सय मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments