काठमाडौं । खसीको मासु दशैँ पर्वमा विशेष मानिन्छ । खसीको मासुलाई सधै एकै तरिकाले बनाएर खाने तथा पाहुनालाई पस्कनु भन्दा केही फरक तरिकाले बनायो भने नयाँ स्वाद पाउन सकिन्छ ।

आवश्यक सामग्री

हड्डी निकालेको खसीको मासु

हरियो प्याज, धनियाँ, खुर्सानी, नुन, बेसार, मेथी, कागतीको रस

टिमुर, सुकेको खुर्सानी, प्याज, हरियो खुर्सानी , टमाटर

विधि

सुरुमा पानीमा नुन हालेर मासुलाई उमाल्ने ।

मासु पाकिसकेपछि सेलाउन दिने र मसिनो गरि काट्ने ।

एउटा भाँडोमा तेल तताउने र तेल ततिसकेपछी मासुलाई खैरो हुनेगरि फ्राई गर्ने ।

अब लसुन, अदुवा, खुर्सानी, टमाटरको पेस्ट बनाउनुपर्छ।

अब त्यो पेस्ट र प्याज, धनियाँ, हरियो खुर्सानी, कागतीको रस  मिलाएर एउटा भाँडोमा राख्ने ।

एउटा भाँडोमा तेल तताएर मेथी र बेसार फुराउने ।

अब त्यसले झान्ने ।

त्यसपछि सबै कुरा मासुमा राखेर मोल्ने ।

Comments

comments