मेलबर्न । तपाई अष्ट्रेलियामा अध्ययनकालागि आउने योजनामा हुनुहुन्छ तर यहाँको पढाइ कस्तो होला भन्ने द्धिविधामा हुनुहुन्छ भने पहिले छोटो अवधिको कोर्ष अर्थात सर्ट टर्म अप्सनमा आउन सक्नुहुन्छ । यस्तो कोर्सको अवधि झण्डै ६ महिनाको हुन्छ ।

अष्ट्रेलियामा सर्ट टर्म कोर्समा भर्खर विद्यालयस्तरीय पढाइ पूरा गरेका वा युनिभर्सिटीमा अण्डर ग्राजुयट अथवा पोष्ट ग्राजुयट डिग्री गरिरहेकाहरुले आवेदन दिन सक्छन् । अष्ट्रेलिया र न्यूजील्याण्डका युनिभर्सिटीहरुले दुई सेमेस्टारसम्मका लागि सर्ट टर्म कोर्स उपलब्ध गराउने गर्दछ । यस्तो कोर्सको मूख्य उदेश्य विद्यार्थीहरुलाई यहाँको पढाइको स्तर र जीवनशैलीसँगै सांस्कृतिक परिवेशसँग घुलमिल गराउनु हो ।

सर्ट टर्म कोर्सको शुल्क

वैदेशिक अध्ययनमा युनिभर्सिटीहरुले सेमेस्टर अनुसार शुल्क तय गरेका हुन्छन् । त्यसैले सर्ट टर्म कोर्स गरे पनि रेगुलर कोर्स सरह नै शुल्क लाग्छ । यो युनिभर्सिटी र विषय अनुसार फरक पर्न सक्छ । अष्ट्रेलियामा एक सेमेस्टरको शुल्क ८ हजार अष्ट्रेलियन डलरदेखि १३ हजार अष्ट्रेलियन डलरसम्म पर्छ ।

सर्ट टर्म कोर्सकालागि मनोविज्ञान तथा परामर्श,नर्सिङ असिस्टेन्ट,होटल म्यानेजमेन्ट,ट्राभल एण्ड टुरिजम,प्रोजेक्ट म्यानेजमेन्ट,हेल्थ एण्ड न्युट्रिसन,फरेन्सिक लगायत १८७ भन्दा बढी विषय उपलब्ध छन् ।

अष्ट्रेलिया र न्यूजिल्याण्डका युनिभर्सिटीहरुमा फेब्रुअरीदेखि नोभेम्भरसम्म नयाँ भर्ना खुल्छ । त्यसैले यही समयमा सर्ट टर्म कोर्सकालागि पनि आवेदन दिन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments