एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

घरेलु मैदानमा भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई गोल रहित बराबरीमा रोकेको हो ।
दुवै तर्फबाट गोलका लागि केही सुन्दर प्रयास भएका थिए तर गोल भने हुन सकेन ।

गोल रहित बराबरीले दुवै टिमलाई निराश पारेन । किनकी दुवै टिमको समान ८ खेलबाट समान २० अंक भएको छ । समान अंक भए पनि लिभरपुल तेस्रो स्थानमा छ भने म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम रहेको छ ।

राति नै भएको खेलमा साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको चेल्सी समान २० अंकसहित दोस्रो स्थानमा कायम छ । अवे मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन इडन हजार्ड, रोस बार्क्ली तथा अल्भारो मोराटाले गोल गरे ।

Comments

comments