मेष राशि

मनमा उत्साह बढेर जाला । राज्यपक्षबाट साथ सहयोग मिल्ला । सोचेका काममा सफलता प्राप्त रहला । विशिष्ट व्यक्तिबाट दुख सहयोग मिल्ला । मान सम्मान प्राप्त रहला ।

वृष राशि

धन वस्त्र आदि लाभ होलान् । धार्मिक तथा वैदेशिक यात्राको अवसर मिल्ला मनमा हर्ष होलान् । राज्यपक्षबाट सुख सहयोग प्राप्त होलान् । मित्रजनबाट सुख मिल्ला ।

मिथुन राशि

गरेका काममा अवरोध गर्नेहरू बढी होलान् ।नसोचेका वा दुखद सुन्नुपर्ला । समस्याले सताउला । समय प्रतिकूल होला । सञ्चित धन नाश होला ।

कर्कट राशि

धन लाभका अबसर मिल्ला । यात्रा सुखद रहला । । भोजन मिष्ठान्न प्राप्त होला ।व्यापार व्यवसायबाट विशेष सफलता प्राप्त होला । सुख सहयोग मिल्ला ।

सिंह राशि

सवारीसाधनबाट सुख मिल्ला धनलाभ होला । गरेका काम सफल होलान् । विपरीतलिङ्गीहरुबाट सुख सहयोग मिल्ला व्यापार व्यवसाय सफल होला ।

कन्या राशि

विशिष्ट व्यक्तिसँगको भेटघाट रहला । व्यापार व्यवसायबाट विशेष आम्दानी होलान् ।अतिथिको सेवा गर्ने मौका मिल्ला । वस्त्र आदि लाभ होला ।

तुला राशि

पठनपाठनका क्षेत्रमा रुचि बढ्ला । परिवारको सुख प्राप्त होला । मनमा हर्ष बढेर जाला । गरेका काम प्रायः जसो सफल होलान् । धन वस्त्रादि प्राप्त होला ।

बृश्चिक राशि

सुखद यात्रा गर्नुपर्ला मित्रजनहरूसँग भेट होला । मनोरञ्जनात्मक क्षेत्रमा धन खर्च होला । आर्थिक लाभ होला । पठनपाठनमा रुचि बढ्ला । नाताकुटुम्बबाट सहयोग मिल्ला ।

धनु राशि

रोगबाट छुटकारा मिल्ने उपहार तथा पुरस्कार प्राप्त होला । मन हर्षित रहला । अन्न तथा वस्त्रको लाभ होला । मानसम्मान वृद्धि होला । हास परिहास गर्ने मौका मिल्ला ।

मकर राशि

चिन्ताले सताउला । शारीरिक तथा मानसिक कष्ट पर्ला । मनमा दोमन तथा दोधार होला ।स्वास्थ्य विषयमा व्यर्थको खर्च बढ्ला । अनावश्यक विवादमा परिएला ।

कुम्भ राशि

मानसिक चिन्ता पर्नेछ । झगडा तथा वादविवादका कार्यमा बस्नुपर्ला । धनहानि होला ।घरायसी समस्या बल्झाउने छन् । शारीरिक समस्याले पनि सताउने छ ।

मीन राशि 

मन प्रसन्न रहला । धैर्यपूर्वक गरेका कामहरु सफल होलान् । मन उत्साहित रहला । धन आम्दानी होला । मानसम्मान बढेर जाला । आरोग्यता प्राप्त होला ।

Comments

comments