काठमाडौं । नेपालका वरिष्ठ तथा व्यस्त पत्रकार ऋषि धमलाको व्यस्तता अहिले झन् बढेको छ । आफैले निर्माण गरेको तथा श्रीमती एलिजाले अभिनय गरेको चलचित्र अनुरागको प्रदर्शन दोस्रो हप्तामा चलिरहेको छ ।

दशैं नजिकिदै गर्दा, दशैं बिदामा धमला ससुराली जाने योजना बनाउंदै छन् । एलिजाले चलचित्रमा अभिनय गर्ने भएपछि आफ्नो काखको सात महिनाको छोरालाई आफ्नी आमालाई सुम्पिएर अभिनयमा लागेकी थिइन् । एलिजाको माइती क्यानाडामा भएका कारण आमाले सानो शिशुलाई आफूसंगै लिएर गइन् । छोराको न्यास्रो लागेकोले आफू क्यानाडा जान चाहेको धमला बताउँछन् । दशैंमा ससुराली गएपनि दक्षिण लिने पक्षमा भने उनी छैनन् । दशैं भनेको आशिर्वाद थप्ने पर्व भएकोले अब दक्षिणा लिने दिने प्रचलन हट्नुपर्ने उनको मान्यता छ ।

धमलालाई एउटा दशैंको सम्झनाले खुबै सताउने गर्छ । त्यो दशैं उनको बुवाको जीवनकै पछिल्लो दशैं थियो । बुवाले सधै छोरा बुहारीलाई टीका लगाइदिने आशा रहेकोले विवाह गर्न आग्रह गर्थे । तर, बुवाको निधन भएको सात वर्ष पछि मात्र धमलाले विवाह गरे । छोरा बुहारीलाई टीका लगाइदिने बुवाको अधुरो चाहना सम्झिँदा उनलाई नराम्रो लाग्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments