काठमाडौं । केही दिन देखि ‘खसिनी काण्ड’ सामाजिक संजालमा भाइरल भइरहेको छ । आशिका तामाङ्गको उक्त भिडियो लाखौँ सामाजिक संजाल पर्योगकर्ताले हेरेका छन् ।

भिडियोमा आशिकाले आउंदै गरेको दशैंमा मासु खाने इच्छा भएतापनि परिवार नभएका, घरवारविहिन जनावरको मात्र खान आग्रह गरेकी छिन्। उनले खसीको श्रीमतीको रुपमा खसिनी सम्बोधन गरेपछि उनको भिडियोलाई ‘खसिनी काण्ड’ नै बनाइएको छ ।

आफ्नो भिडियोलाई सबैजसोले मजाक बनाएपछि आशिका तामाङ्गले फेसबुकमा एक स्टाटस राख्दै सबैले उडाउँदा उडाउँदै आफू चन्द्रमामा पुगिसकेको र अब त्यहाँ भन्दा पर जाने ठाउँ नभएकोले नउठाउन आग्रह गरेकी छिन् । उनले आफू भाइरल हुनकै लागि त्यो भिडियो आवश्यक नभएको र नेपालमा आएर केही राम्रो काम गरेर भाइरल हुने बताएकी छिन् ।

आशिका तामाङ्ग हाल जर्मनीमा बस्छिन् । केही वर्ष अगाडी उनले चलचित्र ‘सुश्री’ निर्माण गरेकी थिइन् । चलचित्रमा उनीसंगै आर्यन सिग्देलले अभिनय गरेका थिए । चलचित्र सुश्री युट्युबमा समेत रहेको छ र यो चलचित्रलाई अत्यधिक दर्शकले मन पराएका छन् ।

Comments

comments