काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने बैठकले पार्टीको प्रमुख भातृ संगठन नेपाल बिधार्थी संघको विधान पारित तयारी गरेको छ ।

पार्टीले संघको विधान अनुमोदन नगर्दा १२ औं महाधिवेसनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ । कार्तिकमा गर्ने भनिएको महाधिवेसन नै अन्यौलमा परेको छ । आजको केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गर्नुका साथै संगठन भित्र देखिएको आन्तरिक विवादका बिषयमा छलफल गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा पार्टीको केन्द्रीय अनुसाशन समिति गठनको तयारी भएता पनि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा समिति गठन नहुने देखिएको छ ।

दुई पक्षबीच समितिको संख्या र संयोजकमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक परिणाम बिहिन बन्दै गएको छ । आजको बैठकमा पार्टीको विधान मस्यौदा समितिले देशका विभिन्न १२ ठाउँमा गरेको छलफल र त्यसबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकलाई जानकारी गराउने प्रवक्ता शर्माले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments