काठमाडाैं । नेपाल प्रहरीका ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा तिन ब्याचको प्रहरी अधिकारी छन् । बढुवा सिफारिसमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल छन् । त्यस्तै शैलश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् ।

बढुवा सिफारिस भएका बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ र पूर्णचन्द्र जोशी आइजिपी सर्वेन्द्र खनालको ब्याची भएकाले उनीहरुसँग अवकाश हुने छन् । त्यसपछि ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक ५ महिनाका लागि आइजिपी हुने भएका छन् । सो ब्याचमा यसअघि तेस्रो नम्बरमा रहेका प्रद्युम्न कार्कीलाई चौथो नम्बरमा पुर्याइएको छ भने हरि पाललाई दोस्रो नम्बरमा बढुवा सिफारिस भएको छ । बढुवा सिफारिसउपर उजुरी गर्न एक साताको समय दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments