काठमाडौं । अमेरिका सबैको सपना । अमेरिका जाने अनेक विकल्पमा मानिस असफल भइरहेका हुन्छन् । केही मानिस त पैदल मार्ग हुँदै अमेरिका पुगिरहेका छन् ।

मानवतस्करहरुले मोटो रकम लिएर स्थलमार्ग हुँदै अमेरिका पठाउने काम गरिरहेको खुलासा भएको छ । प्रतिव्यक्ति ३० देखि ७५ लाख रुपैयाँसम्म खर्च हुने गरेको पाइएको छ । १२ देखि १६ मुलुक पार गर्दै अमेरिका पुग्न सकिन्छ । यसरी अमेरिका जानेक्रममा १५ वर्षमा ४ हजारको बाटोमै मृत्यु भएको छ ।

केही सरकारी कर्मचारीकै मिलेमतोमा यो धन्दा भइरहेको पनि पाइएको छ । पछिल्लो समय अन्य देशका नागरिकसमेत नेपाली भन्दै अमेरिका जान थालेका छन् ।

Comments

comments