मेष राशि

सोचेका काममा सफलता प्राप्त रहला । विशिष्ट व्यक्तिबाट दुख सहयोग मिल्ला । मान सम्मान प्राप्त रहला । मनमा उत्साह बढेर जाला । राज्यपक्षबाट साथ सहयोग मिल्ला ।

वृष राशि

राज्यपक्षबाट सुख सहयोग प्राप्त होलान् । मित्रजनबाट सुख मिल्ला । धन वस्त्र आदि लाभ होलान् । धार्मिक तथा वैदेशिक यात्राको अवसर मिल्ला मनमा हर्ष होलान् ।

मिथुन राशि

समय प्रतिकूल होला । सञ्चित धन नाश होला । गरेका काममा अवरोध गर्नेहरू बढी होलान् ।नसोचेका वा दुखद सुन्नुपर्ला । समस्याले सताउला ।

कर्कट राशि

व्यापार व्यवसायबाट विशेष सफलता प्राप्त होला । सुख सहयोग मिल्ला । धन लाभका अबसर मिल्ला । यात्रा सुखद रहला । । भोजन मिष्ठान्न प्राप्त होला ।

सिंह राशि

विपरीतलिङ्गीहरुबाट सुख सहयोग मिल्ला व्यापार व्यवसाय सफल होला । सवारीसाधनबाट सुख मिल्ला धनलाभ होला । गरेका काम सफल होलान् ।
कन्या राशि
अतिथिको सेवा गर्ने मौका मिल्ला । वस्त्र आदि लाभ होला । विशिष्ट व्यक्तिसँगको भेटघाट रहला । व्यापार व्यवसायबाट विशेष आम्दानी होलान् ।

तुला राशि

गरेका काम प्रायः जसो सफल होलान् । धन वस्त्रादि प्राप्त होला । पठनपाठनका क्षेत्रमा रुचि बढ्ला । परिवारको सुख प्राप्त होला । मनमा हर्ष बढेर जाला ।

बृश्चिक राशि

आर्थिक लाभ होला । पठनपाठनमा रुचि बढ्ला । नाताकुटुम्बबाट सहयोग मिल्ला । सुखद यात्रा गर्नुपर्ला मित्रजनहरूसँग भेट होला । मनोरञ्जनात्मक क्षेत्रमा धन खर्च होला ।

धनु राशि

अन्न तथा वस्त्रको लाभ होला । मानसम्मान वृद्धि होला । हास परिहास गर्ने मौका मिल्ला । रोगबाट छुटकारा मिल्ने उपहार तथा पुरस्कार प्राप्त होला । मन हर्षित रहला ।
मकर राशि

स्वास्थ्य विषयमा व्यर्थको खर्च बढ्ला । अनावश्यक विवादमा परिएला । चिन्ताले सताउला । शारीरिक तथा मानसिक कष्ट पर्ला । मनमा दोमन तथा दोधार होला ।

कुम्भ राशि

घरायसी समस्या बल्झाउने छन् । शारीरिक समस्याले पनि सताउने छ । मानसिक चिन्ता पर्नेछ । झगडा तथा वादविवादका    कार्यमा बस्नुपर्ला । धनहानि होला ।

मीन राशि 

धन आम्दानी होला । मानसम्मान बढेर जाला । आरोग्यता प्राप्त होला । मन प्रसन्न रहला । धैर्यपूर्वक गरेका कामहरु सफल होलान् । मन उत्साहित रहला ।

Comments

comments